फारबेस्ट म्यारिज ब्यूरो गोपनीयता नीति
कार्यान्वयन मिति: [२०८०/०८/२०]
परिचय: फारबेस्ट म्यारिज ब्यूरो नेपालको गोपनीयता ऐन, २०७५ (२०१८) अनुसार हाम्रा ग्राहकहरूको गोपनीयता सुरक्षित राख्न प्रतिबद्ध छ।
जानकारी संकलन: हामी वैवाहिक मिलान सेवाहरूका लागि आवश्यक व्यक्तिगत जानकारी संकलन गर्दछौं, जस्तै नाम, सम्पर्क विवरण, उमेर, पेशा, शैक्षिक पृष्ठभूमि, व्यक्तिगत कागजातहरु, जीवनसाथी सम्बन्धी अपेक्षाहरु र आवश्यक परेमा केही थप सवाल जवाफ गरी रजिस्ट्रेसन फाराम मार्फत डाटा सङ्कलन गर्ने छौं।
डाटाको प्रयोग: यो डाटालाई हामीले उपर्युक्त वैवाहिक जोडी मिलान गर्न अन्य मिल्ने सक्ने सम्भावित ग्राहकहरूसँग संवाद गर्न प्रयोग गर्दछौँ। रजिस्ट्रेसन प्रकृया नगरेको व्यक्तिसँग भने जोडी मिलान प्रकृया, डाटा आदानप्रदान हुँने छैन।
गोपनीयता: वैवाहिक जोडी मिलान कार्य आफैमा अत्यन्तै संवेदनशील कार्य हो हामी यसमा सचेत छौं, ग्राहकको जानकारी गोपनीय छ । हामीले कुनैको व्यक्तिको डाटा मिल्न सक्ने सम्भावित व्यक्तिलाई मात्रै पठाउने छौं।
डाटा सुरक्षा: हामी ग्राहकको डाटा अनधिकृत पहुँच वा दुरुपयोगबाट जोगाउन उपयुक्त सुरक्षा उपायहरू लागू गर्छौं। ९९% मात्र होइन १००% गोपनियता आवश्यक छ। यदि कहिकतै हाम्रो डाटाको गोपनियता बिरुद्ध कसैले गतिविधि गर्ने प्रयास गरेको या गरेको ठहरिएमा नेपालको प्रचलित कानून बमोजिम कडा कारबाही हुने गरी हामी प्रकृया अगाडी बढाउने छौँ।
ग्राहकका अधिकारहरू: ग्राहकहरूसँग आफ्नो व्यक्तिगत जानकारी पहुँच, सुधार वा मेटाउने अधिकार छ, जस्तो कि गोपनीयता ऐन, २०७५ ले निर्धारण गरेको छ।
हाम्रो गोपनीयता नीतिमा परिवर्तन: हामीसँग यो नीति परिवर्तन गर्ने अधिकार छ। कुनै पनि परिवर्तनहरू हाम्रो वेबसाइट मार्फत र जहाँ उपयुक्त छ, प्रत्यक्ष रूपमा हाम्रा ग्राहकहरूलाई सूचित गरिनेछ।
सम्पर्क जानकारी: कुनै पनि गोपनीयता सम्बन्धी प्रश्नका लागि, कृपया हामीलाई यस नम्बरमा सम्पर्क गर्नुहोस्: ९७६९९३२०७६